बिर्तामोड ।
हरेक सामाजिक गतिविधिमा सहभागी बन्दै आएको अन्तराष्ट्रिय झापाली समाज नेपाल समन्वय समितिले थुप्रै सेवाका कार्यहरु गर्दै आएको छ । अन्तराष्ट्रिय झापाली समाज हाल ४७ वटा देशमा फैलिएको छ । यसका वर्तमान अध्यक्ष महेन्द्र चम्लगाई रहेका छन् ।
समाजको पहिलो बैठक समितिका संयोजक राजु थापाको अध्यक्षतामा बिर्तामोडमा सम्पन्न भएको छ । समाजप्रति उत्तरदायि र सामाजीक गितिविधिमा अग्रसर यो सस्थाले थुप्रै सेवा र सहयोगका कामहरू गरेको सर्वविधित छ । नेपालमा काम गर्न सजिलो होस् भन्ने उदेश्यले नेपाल समन्वय समितिको गठन गरिएको हो ।
समितिमा झापा जिल्लाका प्रत्येक पालिकाको प्रतिनिधित्व हुने गरि समिति गठन गरिएको छ । समितिको सचिवमा सुदर्शन रोका रहेका छन् । सोमवार भएको को कार्यक्रम सञ्चालन पनि उनले नै गरेका थिए । उक्त कार्यक्रममा विभिन्न वक्ताहरूले आ–आफ्नो धारणा राख्दै बिचार व्यक्त गरेका थिए ।


















