- रन्जित परियार
बुट्टाबारी ।
झापाको अर्जुनधारा नगरपालिकाको रामकुमार आछामी स्मृति अक्षयकोषले शिक्षक, कर्मचारी र विद्यार्थीलाई सम्मान तथा पुरस्कार बितरण गरेको छ ।
कार्यक्रम २०८२ को अर्जुनधारा नगर स्तरीय कक्षा–८ को परिक्षामा गणेश आबिका उत्कृष्ट जिपिए ल्याउने विद्यार्थी रितिका गिरी, सिंहदेबि माबिका ओम बिक्रम न्यौपाने, लक्ष्मी माबिका ह्र्दयेन्द्र किरण नेपाल र शनिश्चरे माबि कक्षा १२ कि प्रिया सापकोटालगायतलाई नगदसहित सम्मान गरिएको छ ।
त्यसै बर्ष उत्कृष्ट प्रधानाध्यापक सरस्वती आबिका टेकबहादुर बुढा क्षेत्री, बर्ष उत्कृष्ट शिक्षक नवदुर्गा आबिकि शिक्षक कल्पना राजवंशी र जनता माबिका युवराज निरौलालगायतलाई नगदसहित सम्मान गरिएको थियो ।
कार्यक्रम अतिथिहरु केदारनाथ पोख्रेल, दामोदर पौडेल, रुद्र पौडेल, चन्द्र खत्रीलगायतले सम्मानित ब्याक्तित्वहरुलाइ आगामी दिन अझ प्रगति उन्नति र शिक्षा क्षेत्रमा योगदान वृद्धि गर्न शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा लिजा र निसा परियारले नृत्य तथा लक्ष्मी रिजालले कविता बाचन गरेका थिए ।
कार्यक्रममा असल नेतृत्व, मिलनसार एवम् कुसल प्रधानाध्यापकको रुपमा स्थापित रामकुमार आछामीका जीवनी र उनका कार्य बारेमा अक्षयकोषका सस्थापक खड्गबहादुर गोलले प्रस्तुत गरेका थिए । आछामीको काठमाडौंबाट फर्कने क्रममा २०७५ चैत ९ गते दुर्घटनामा परी निधन भएको थियो ।
कार्यक्रम दिपक भण्डारीको अध्यक्षता तथा तारा विश्कर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने स्वागत चन्द्रकला भट्टराई र कार्यक्रमको सहजीकरण कमल पौडेलले गरेका थिए ।


















