बिर्तामोड ।

नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले उद्घोषण तालिम गर्ने भएको छ । नगरका दशनामी बन्धुहरुको नेतृत्व विकास गर्ने उदेश्यले समाजले आगामी जेठ २२ गतेदेखि उद्घोषण तालिम गर्ने भएको हो ।

बिर्तामोडमा बिहीवार नगर समितिका अध्यक्ष खड्गराज गिरीको अध्यक्षक्षतामा बसेको नगर समितिको बैठकले उद्घोषण तालिम गर्ने निर्णय गरेको नगर सचिव धनबहादुर पुरी (प्रजित) ले जानकारी दिए ।

तालिमको सहजीकरण नेपाल दशनामी समाज महिला समितिकी केन्द्रिय सचिव तारा गिरीले गर्ने बताइएको छ । तालिम आगामी जेठ २२ गतेदेखि बिर्तामोड–२ स्थित चारपानेको पर्शुराम पार्टी प्यालेसमा बिहान ११ बजेदेखि गरिने बताइएको छ ।

उद्घोष तालिम लिन इच्छुक दशनामी बन्धुहरुले जेठ २१ गतेसम्म बिर्तामोड नगर समितिमा सम्पर्क गर्न सकिनेछ ।