झापा । 

झापाको बिर्तामोड नगरपालिका–१ वरपिपलमा घरायसी बिषयमा विबाद हुँदा श्रीमती, छोरा र छोरीलाई धारिलो हतियार प्रहार गरी एक ब्यक्तिले घाइते बनाएका छन् । सोही स्थानका ३६ बर्षीय बुद्धिलाल मुर्मुले आफ्नै श्रीमती बर्ष ३५ बर्षीया मला मर्डी र छोरी १५ बर्षीया बिनिता मर्डीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका हुन् । 

आज (बिहीवार) बिहान १०ः३० बजेको समयमा मर्डीले धारिलो हतियार खुकुरीले प्रहार गरी घाईते बनाएर फरार रहेको जानकारी पाउना साथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोली घटना स्थल पुगेर  खुकुरी बरामद गरेको थियो । 

घाईते मला मर्डी र छोरी दुवै जनाको बिर्तासिटि अस्पतालमा उपचार भईरहेको छ । दुबै जनाको अवस्था मध्यम रहेको खुकुरी प्रहार गर्ने बुद्धिलाल मुर्मुलाई खोज तलास भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।