मंगलबारे । 

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि सेवा केन्द्र मंगलबारेको आयोजनामा मिक्लाजुङ गाउँपालिका–४ हातिमारा टोलमा  कर्जा सुरक्षण वितरण तथा वितिय साक्षरता  कार्यक्रम  सम्पन्न भएको छ । सो कार्यक्रम को माछापुच्छ्रे सहारा महिला समूहकी अध्यक्ष पुजा तामाङले गरेकी थिइन् । 

केही महिना अघि माछापुच्छ्रे सहारा महिला समुहकी सदस्य देव कुमारी चाम्लिङ को श्रीमान स्व. अम्वर वहादुर राईको असामाहीक निधन भएको थियो ।  सदस्यले लिएको २ लाख  रुपैयाँ ऋण मिनाहा गर्दै  वर्तमान समयमा सहकारी क्षेत्रमा देखिएका कतिपय भ्रमहरू हटाई सदस्यहरूलाई संस्थाप्रति सकारात्मक सोचको विकास गराई संस्थाप्रति अपनत्वको अनुभूति गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा मंगलवारे सेवा केन्द्रका सेवा केन्द्र प्रमुख त्रिलोचन तिम्सिना, शेरबहादुर कटुवाल, शर्मिला ओली, वरिष्ठ कृषी प्राविधीक संजित यादव, सेयर सदस्यका अभिभावक, सेयर सदस्यसहित २५ जनाको उपस्थिती रहेको थियो । सेवा केन्द्र का सुपरीक्षक कर्मचारी शेर वहादुर कटुवालले  सञ्चालन गर्नुभएको कार्यक्रममा सेवा केन्द्र प्रमुख त्रिलोचन तिम्सिना तथा वरिष्ठ कृषि प्राविधिक संजित यादवले कार्यक्रमको सहजिकरण गरी संस्थाका गतिविधि र कृषी कार्यक्रम पशु विमा सम्वन्धि सहजिकरणगरेका थिए । 

कार्यक्रममा सदस्य र संस्थाबीच प्रगाढ सम्बन्ध बनाउने योजना तथा संस्थाको वस्तु तथा सेवाको जानकारी गराउनु को साथै संस्थाका सेवा सुविधा तथा सहकारीको विध्यमान अवस्था कानुनी विषय  लाई सदस्य सामु जानकारी गराइएको थियो । बचत तथा कर्जा प्रवाहलाई समय अनुरूप जानकारी गराउँदै समूह गुणस्तरीयता कायम गराउने र लघुवित्त सेवालाई अझ समय सापेक्ष बनाउन वित्तीय साक्षरता कार्यक्रम गरिएको थियो ।

कार्यक्रमका सहजकर्ताहरूले सदस्यहरुको संस्थाप्रतिको बुझाई अझ फरक तरिकाले गराउँदै जन्मदेखि मरणसम्म सहारा नेपालले गर्ने कार्यक्रमका बारेमा सदस्यहरूलाई  सेवा केन्द्र प्रमुख त्रिलोचन तिम्सिना ले प्रस्ट पारेका थिए भने संस्थाका वचत सेवा ऋण सेवा रेमीटान्स सेवा मोवाईल वैकिक सेवाका वारेमा कर्मचारीद्वय शेर वहादुर कटुवाल र शर्मिला ओलीले प्रष्ट पारेका थिए । कार्यक्रममा सदस्यहरूले महिला लक्षित र उद्यमशीलता सम्बन्धी तालिम सञ्चालन गर्नुपर्ने सुझाव राखेका थिए ।