झापा । 

साउदी अरेबियाले नेपालीलाई ‘एक्जिट भिसा’ दिएको छ । साउदीले ६३ जना नेपालीलाई एक्टिभ भिषा दिएको हो । अवैधानिक रूपमा बसेकाहरूलाई स्वदेश फर्कन ‘एक्जिट’ भिसा दिने गरिएको छ । साउदीको रियादस्थित नेपाली दूतावासले आफ्नो फेसबुक पेजमा विवरण राख्दै एक्जिट भिसा प्राप्त गरेकालाई  स्वदेश फर्कन भनेको छ ।

साउदी अध्यागमनबाट एक्जिट भिसा नपाएसम्म स्वदेश फर्कन नपाउने व्यवस्था छ । नेपाली दूतावासको अनुरोधमा इकामाको अवधि सकिएका नेपालीलाई निःशुल्क  एक्जिट भिसा दिने गरिएको छ । नेपाली दूतावासले मोबाइलमा एक्जिट भिसा लागेको म्यासेज पाउनेहरू सिधै विमानस्थलबाट नेपाल उड्न पाउने र एक्जिट भिसाको म्यासेज मोबाइलमा नपाउनेहरू मात्रै एक्जिट पेपर लिनका लागि दूतावास आउनुपर्ने जनाएको  छ ।

साउदीले एक्जिट भिसा निःशुल्क दिने भएपनि भिसा पाएकाहरूले हवाई टिकट आफैं किन्नुपर्ने बाध्यता छ । नेपाली दूतावासले नेपाली संस्थाहरूको समन्वयमा कतिपयलाई हवाई टिकट मिलाइदिने भएपनि धेरैले आफैंले टिकटको व्यवस्था गर्नुपर्ने बाध्यता छ ।