बिर्तामोड । 

बिर्तामोड लायन्स क्लबको अध्यक्षमा कृष्णप्रसाद बजगाँई सर्वसम्मत चयन भएका छन् । आज (आइतवार) भएको कार्यत्रसमितिको भेलालले आगामी बर्ष २०२६/२०२७ को लागि प्रेसिडेन्टको पदमा  कृष्णप्रसाद बजगाँई सर्वसम्मत चयन भएका हुन् । 

बिर्तामोडका युवा व्यवसायी बजगाँई शान्तिबुद्ध मेडिकल फार्मेसीका सञ्चालक, बिर्तामोड उद्योग बाणिज्य संघका कार्यकारी सदस्य साथै बिभिन्न सामाजिक संघ संस्थामा आवद्ध रहँदै नेतृत्वदायी भूमिकामा निर्वाह गरिरहेका छन् । 

नयाँ गठित समितिको प्रथम उपाध्यक्ष कुशल खतिवडा, दित्तिय उपाध्यक्ष  धनेन्द्राराज खनाल, तृतीय उपाध्यक्ष अप्सरा बस्नेत, सचिवमा मनिष पोद्दार, कोषाध्यक्ष  अवरार अफजल अन्सारी,  जनसम्पर्क अधिकारीमा  रुपेश भण्डारी, बोर्ड अफ डाइरेक्टरमा नवल शाह र ट्रेजररमा अर्थ पेडिवाल सर्व सम्मत चयन भएका छन् ।

आगामी बर्षको यात्रामा लायन्सको नीति अनुसार सेवामा तल्लीन हुने अध्यक्ष बजगाँईको योजना रहेको छ ।  बिषेशगरी स्वास्थ्य सेवा तथा असाय असक्तलाई सहयोग गर्ने बिषयमा  प्राथमिकता दिने समितिको धारणा व्यक्त गरिएको छ ।