बिर्तामोड ।
बिर्तामोड उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यमी समूहको आयोजनामा व्यूटिसियन सम्वन्धि तीन महिने बेसिक तालिम बिर्तामोडमा शुरु भएको छ । एटुजेट ब्राइडल थ्री डी मेकअप स्टुडियो एकाडेमीको प्राविधिक सहयोगमा शुक्रवारदेखि तालिम शुरु भएको हो ।
तालिमको उद्घाटन महिला उद्यमी समूहकी अध्यक्ष राधिका चुडाल हुँमागाईले पानसमा दीप प्रज्वलन गरेर गरेकी छिन् । तालिममा २० जना वढी प्रशिक्षार्थीको सहभागीता रहेको छ । उनीहरुलाई व्यूटिसियन सम्वन्धि बेसिक तालिम दिइने बताइएको छ ।
तालिमको सहजीकरण एटुजेट ब्राइडल थ्री डी मेकअप स्टुडियो एकाडेमीकी सञ्चालक सन्तोषी सिंह अधिकारीले गर्ने बताइएको छ । तालिम उद्घाटन समारोहमा स्वागत एटुजेट ब्राइडल थ्री डी मेकअप स्टुडियो एकाडेमीका सञ्चालक विकाश अधिकारीले गरेका थिए भने कार्यक्रमको सञ्चालन समूहकी कोषाध्यक्ष गोमा दंगालले गरेकी थिइन् ।
कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघकी सह–कोषाध्यक्ष तथा समूहकी पूर्व अध्यक्ष तीलोत्तमा खत्री, संघकी सदस्यहरु शुस्मा उप्रेती, सुशीला कार्की लगायतको आतिथ्य रहेको थियो ।


















