बिर्तामोड ।
झापाको भद्रपुर नगरपालिका–९ को ग्यालेक्सी अंग्रेजी स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा उत्कृष्ट अंक ल्याएर उत्तिर्ण हुने बिद्यार्थीलाई सम्मान गरेको छ । ग्यालेक्सीले एसईई २०८२ मा शतप्रतिशत नतिजा हासिल गरेको जनाएको छ। विद्यालयले यस वर्ष परीक्षामा सहभागी ३२ जना विद्यार्थी सबै उत्तीर्ण भएको जानकारी दिएको हो।
विद्यालयका अनुसार निरन्तर शैक्षिक गुणस्तर, अनुशासन तथा आधुनिक शिक्षण पद्धतिलाई प्राथमिकतामा राखिएकाले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको जनाएको छ। विद्यालयले यसअघि एसइइ २०८१ मा पनि उत्कृष्ट नतिजा ल्याएको उल्लेख गरेको छ।
विद्यालय व्यवस्थापनका अनुसार २०६१ सालदेखि भद्रपुर–८ सगरमाथा चोक क्षेत्रमा विद्यालय सञ्चालन सुरु गरिएको थियो भने २०७३ सालदेखि भद्रपुर–९ मा करिब ७ बिघा क्षेत्रफलमा फैलिएको परिसरबाट पठनपाठन हुँदै आएको छ।
विद्यालयमा वातानुकूलित )एसी) स्मार्ट कक्षाकोठा, प्रविधिमैत्री शिक्षण प्रणाली, खेलकुद, संगीत, नृत्य तथा अतिरिक्त क्रियाकलापको सुविधा उपलब्ध रहेको जनाइएको छ। साथै अनुभवी तथा दक्ष शिक्षकमार्फत गुणस्तरीय शिक्षा प्रदान गरिँदै आएको विद्यालयले जनाएको छ।
विद्यालयले आगामी शैक्षिक सत्रका लागि कक्षा ११ मा व्यवस्थापन संकायतर्फ व्यवसाय अध्ययन तथा कम्प्युटर शिक्षा विषयमा भर्ना खुला गरिएको जानकारी पनि दिएको छ। नेपालभर इसइइ २०८२ को नतिजामा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। यसैबीच, बिद्यालयले एक समारोहको आयोजना गरेर इसइइमा शतप्रतिशत उत्तीर्ण बिद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । बिद्यालय परिसरमा आयोजित समारोहमा बिद्यार्थीहरुलाई सम्मान गरिएको हो ।
बिद्यालय ब्यवस्थापन समितिका सदस्य रोनक बंशलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि भद्रपुर नगरपालिका शिक्षा शाखा प्रमुख पबित्रा ढकाल, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुव्रत न्यौपाने, बिद्यालयका शिक्षक कृष्णकुमार मैनाली, एसईईमा बिद्यालयकै सर्बोउत्कृष्ट अंक ल्याउने सुजन तामाङले शुभकामना मन्तव्य राखेका थिए । स्वागत प्लस टु प्रधानाध्यापक देवीप्रसाद सुवेदीले गरेको कार्यक्रमको सञ्चालन शिक्षक लक्षण ढकालले गरेका थिए ।


















