चारपाने ।
झापाको बिर्तामोड–२ स्थित चारापानेमा रहेको सहारा ग्रीन इनर्जी एण्ड मोविलिटी प्रालिले नेपालमै पहिलो पटक टिभिएस किङ्ग एभी म्याक्स तीन पाङ्गे सवारी बिक्रीबितरण सुरु गरेको छ ।
टिभिएस तीन पाङ्गे सवारीको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्वा मोटर्स प्रालिले पूर्वका लागि आधिकारिक बिक्रेता सहारा ग्रीन इनर्जी एण्ड मोविलिटी प्रालि टिभिएस किङ्ग एभी म्याक्स सवारी आज (शुक्रवार) एक समारोहका बिच सार्वजनिक गरेको हो ।
टिभिएस तीन पाङ्गे सवारीको सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि तथा जगदम्वा मोटर्सका भाइस प्रेसिडेण्ट दीपक रौनियार, विशिष्ठ अतिथि, सामाजिक अभियन्ता तथा सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख सन्तोष राईलगायले संयुक्त रुपमा गरेका थिए ।
सोही समारोहकाबिच ५ जनाले सवारी बुकिङ गरेको सहारा ग्रीन इनर्जी एण्ड मोविलिटीका मेनेजर नविन गिरीले जानकारी दिए । उनका अनुसार सवारी खरिद गर्ने तीन जनालाई चावीसमेत हस्तान्तरण गरिएको छ । कम्पनीले ६ बर्ष वारेन्टी दिएको उक्त तीन पाङ्गे सवारीमा धेरै बिशेषता रहेको कम्पनीका बिजनेस हेड हरि न्यौपानेले जानकारी गराएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि रौनियार, बिशिष्ठ अतिथि गिरी, ट्राफिक प्रमुख राईलगायतले सवारी बिशेष्ताको हिसावले अति नै उत्तम रहेको बताएका छन् । उनीहरुले पछिल्लो समय विद्युतीय सवारीसाधन वातावरणमैत्री, मितव्ययी र दीगो यातायातको माध्यम बन्दै गएको बताएका थिए । उनीहरूले पेट्रोलियम पदार्थको बढ्दो मूल्य र प्रदूषण नियन्त्रणका लागि विद्युतीय सवारी प्रभावकारी विकल्प बनेको धारणा राखे ।
बढ्दो पेटोलियम पदार्थको मूल्यले धेरै सवारी चालकहरु मारमा परेको निश्कर्ष निकाल्दै कम्पनीले टिभिएस किङ्ग एभी म्याक्स सवारी बजारमा ल्याएको न्यौपानेले बताए । आठ लाख २४ हजार ९०० रुपैयाँ मूल्य रहेको उक्त तीन पाङ्गे सवारी अहिले प्रिस्टिन ह्वाइट र नेप्च्युन ब्लु कलरमा उपलब्ध रहेको र आगामी दिनमा अन्य कलरहरुमा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । न्यौपानेका अनुसार सवारीमा धेरै प्राविधिक बिशेषताहरु रहेका छन् ।
सार्वजनिक गरिएको सवारीमा स्थायी चुम्बक समकालिन मोटर, अधिकतम शक्ति ११ किलो वाट, अधिकतम टक ४० एनएम, ट्रान्समिशन एक अगाडि र एक पछाडी गति, ड्राइभर मोड इको, सिटी र पावर, ड्रम ब्रेक बिशेषताहरु रहेका छन् ।
त्यसैगरी सवारीमा शुन्यदेखि ८० प्रतिशत चार्ज २ घण्टा १५ मिनेटमा हुने छ भने १०० प्रतिशत चार्ज ३ घण्टा ३० मिनेटमा हुने, अधिकत गति ६० किलोमिटर प्रति घण्टा, इको मोड ४० किलोमिटर प्रति घण्टा, सिटी मोड ५० किलोमिटर प्रति घण्टा पावर मोड ६० किलोमिटर प्रति घण्टा, पानीमा चल्न सक्ने क्षमता ५०० मिमि, ब्याट्री क्षमता ९.२ किलोवाट घण्टा, ब्याट्री ५१.२ भोल्ट लिथियम आयन एलएफपीलगायतका बिशेषता रहेको कम्पनीले जनाएको छ । स्वागत दीपक भट्टराईले गरेक कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सुनिता तामाङले गरेकी थिइन् ।


















