बिर्तामोड ।
सामाजिक तथा युवा व्यवसायी बिपिन बजगाँईलाई शोक परेको छ । बजगाईका ससुरा बुवा ८३ बर्षीय लयप्रसाद रिजालको गत बैशाख २७ निधन भएको थियो । तेह«थुमको सावला–५ मा जन्मिएका स्व.रिजालको हाल सुनसरीस्थित इटहरी उपमहानागरपालिका–८ गैसारमा धार्मिक परम्पराअनुसार काजक्रिया भइरहेको ज्वाई बिपिन बजगाँईले जानकारी दिए ।
हाल रिजाल परिवारसहित छोरी ज्वाई बिनिता र बिपिन बजगाई साथै आफन्तजनहरु शोकमा डुवेका छन् । युनिक मेशिनरी ट्रेडर्सका सञ्चालकसमेत रहेका बजगाँई र परिवार शोकमा रहेका छन् । केदार तथा मनमाया स्मृति प्रतिष्ठान बिर्तामोडका अध्यक्ष बजगाँई र उपाध्यक्ष बिनिता शोकमा रहेका हुन् । बिनिता युनिक इन्टरप्राइजेजकी सञ्चालक पनि हुन् ।
बिपिनका ससुरा बुवाको गत बैशाख २७ गते काठमाडौंको बीर अस्पतालमा उपचारका क्रममा असामहिक निधन भएको थियो । छोराबुहारी नारायण र राधा, नन्दप्रसाद र उमा, कुलदिप र उमाकुमारी र रमेश र लिला रहेका छन् ।
छोरी ज्वाईहरु शारदा र भवानी ढकाल, गिता र पुष्प भट्टराई, बिनिता र बिपिन बजगाई र पुष्पा र किशोर कोइराला हाल काजक्रियामा रहेका छन् । रिजालका ८ जना नाती र १२ जना नातिनीहरु रहेका छन् ।

















