झापा । 

लामो समय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभाग सम्हालेका दुई उच्च अधिकारी भ्रष्टाचार प्रकरणमा मुछिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित कर छुट अनियमितता प्रकरणमा गण्डकी प्रदेशका प्रमुख सचिव रहेका वैदेशिक रोजगार विभागका तत्कालीन महानिर्देशक डण्डुराज घिमिरे र पूर्वश्रमसचिव केवलप्रसाद भण्डारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बिहीबार मुद्दा दायर भएसँगै प्रमुख सचिव घिमिरे निलम्बनमा परेका छन् । अख्तियारले घिमिरेमाथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सह–सचिवका रूपमा कार्यरत रहेका बेला कर छुटसम्बन्धी निर्णय प्रक्रियामा संलग्न रहेको आरोप लगाएको छ ।