बिर्तामोड । 

संयुक्त भूपू सुरक्षाकर्मी राष्ट्रिय स्तरीय प्रथम ब्याडमिन्टन प्रतियोगिताको आज भएको खेलमा सेमिफाईनल खेलको समिकरण पुरा भएको छ । किराँत याक्थुङ चुम्लुङ नगर शाखा बिर्तामोडको आयोजना झापाको विर्तामोड स्थित अर्जुनधारा ब्याडमिन्टन हलमा भएको खेलमा विभिन्न ६ विधामा एक सय २३ खेलाडि सहभागि रहेका छन् ।

प्रतियोगितामा कोशी प्रदेशस्तरीय सिभिल बी लेभल खुल्ला र  भेट्रान्स डबल ४५ बर्ष माथिको, ५० वर्ष माथि र मुनिको भूपू मेन्स डबल, भूपू डिपेन्डेन्ड महिला डबल्स र भूपू र डिपेन्डेन्ड मिक्स डबल गरि ६ क्याटागोरीमा खेल भएको छ ।

दुई दिनमा ५५ खेल सम्पन्न भएको छ भने भोली ६ विधाका फाईनल खेल हुनेछ । खेलमा भूपू सुरक्षाकर्मी देश भरबाट सहभागिता रहेको छ भने बि लेवल र ४५ प्लसको भेट्रान्स कोशी प्रदेश स्तरिय रहेको छ ।

 रिटायर्ड ब्रिटिस आर्मी, इण्डियन आर्मी,  नेपाल आर्मी,सिङ्गापुर पुलिस, नेपाल एपिएफ , नेपाल प्रहरी जनपद,  हरूबीच खेलको माध्यमबाट आपसी भाइचारा स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको व्यवस्थापक क्याप्टेन सिके बेघाले जानकारी दिए ।