झापा । 

झापामा पनि सुकुम्वासीहरुले बिरोध प्रदर्शन गरेका छन् । अखिल नेपाल सुकुम्बासी संगठन दमक नगर समिति र राष्टि«य अधिकार आयोग नेपाल झापाले आज (बुधवार) अलग अलग समय र स्थानमा बिरोध प्रदर्शन गरेका हुन् । 

दमक–५ गोर्खा डिपार्टमेन्टबाट अखिल नेपाल सुकुम्बासी संगठन दमक नगर समितिी झापाको अयोजनामा अखिल नेपाल सुकुम्बासी संघ दमक नगर अध्यक्ष श्याम कुमालको नेतृत्वमा उपस्थित सुकुम्वासी र समर्थकले विभिन्न नाराहरु लेखिएका पम्प्लेटसहित पैदल र्‍यालि सुरु गरेका थिए ।  उक्त र्‍याली दमक–६ गणतन्त्र चोक, गोल्डेन गेट, फर्निचर लाइन, देवकोटा चोक, थानारोड गणतन्त्र चोक हुँदै  दमक–५ स्थित आकाशेपुलमा पुगेर कोणसभामा परिणत भएको थियो । 

यसैगरी बिर्तामोड–३ मा रहेको दुर्गा मन्दिर अगाडी सुकुम्बासी समस्या समाधानको लागि ध्यानाकर्षण गराउने उदेश्यले राष्टि«य भूमि  अधिकार आयोग तथा श्रमिक संगठन नेपाल  झापाका जिल्ला अध्यक्ष अर्जुनकुमार लिम्बुको नेतृत्वमा भेला  भएर बिभिन्न प्ले काड बोकी नारा लगाउदै अदुवा खोलासम्म पुगेर पुनः  बिर्तामोड नगरपालिकाको कार्यालयमा आएर ज्ञापन पत्र बुझाएर  बुझाएको थिए् । फाइल तस्वीर