झापा । 

झापाको मेचीनगर नगरपालिका–२ आदर्श टोलमा जंगली हात्तीले क्षति पुर्याएको छ । आज (शनिवार) बिहान ४ बजेको समयमा सोही स्थानका श्यामलाल अर्यालको  ढुङ्गा माटो काठपातले बनेको टिनको छानो भएको एक तले भान्सा घरमा इाति पुर्याएको हो । 

एउटा जंगली हात्ती आएर भान्सा घर भत्काएर पूर्ण रुपमा क्षति गरेको प्रहरीले जनाएको छ । सो भान्सा घर भित्र रहेको  धान, आलु गरी जम्मा ३० हजार मूल्य बराबर क्षति भएको बताइएको छ । 

त्यस्तै सोही स्थानकी बबिता पुरीको समेत ढुङ्गा माटो काठपातले बनेको टिनको छानो भएको एक तले भान्सा घरमा क्षति गरेको थियो । उनको चामल खाद्यन्न गरी १४ हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।