झापा ।  

प्रवासी झापाली सम्पर्क मञ्च, नेपालले झापाली समाज कतारद्वारा प्रकाशित भित्ते पात्रो २०८३ को अनावरण कार्यक्रम गरेको छ। कार्यक्रममा झापाली समाज कतारका अध्यक्ष चनिलाल राजवंशी, कोषाध्यक्ष लोक थापा, कार्यसमितिका पदाधिकारी, सदस्य, सल्लाहकार तथा स्थानीय विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमले झापाली समुदायबीच एकता र उत्साह थप्ने काम गरेको आयोजकले जनाएको छ।

भित्ते पात्रो प्रकाशन तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने विज्ञापनदाता, प्रकाशन समितिका सदस्य तथा सम्पूर्ण सहयोगीप्रति आयोजकले आभार व्यक्त गरेको छ। उनीहरूको सहयोगले परदेशमा रहेर पनि भाषा, संस्कृति र पहिचान जोगाउन महत्वपूर्ण योगदान पुगेको बताइएको छ।

आगामी दिनमा पनि यस्तै सहयोग र सहकार्यको अपेक्षा गर्दै समाजका हितमा थप रचनात्मक कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। कार्यक्रमको अध्यक्षता सुदर्शन रोकाले गरेका थिए।