शनिश्चरे ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कोशी प्रदेश सरकारलाई बाँडफाँट गर्ने सवारी साधन कर सम्बन्धी सिफारिस अनुसार कोशी प्रदेश भित्र झापा जिल्लामै सबैभन्दा बढी अनुदानका लागि अर्जुनधारा नगरपालिकालाई सिफारिस गरेको छ ।
आयोगले आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश सरकारले स्थानीय विभाज्य कोषवाट बाँडफाँट गर्ने सवारी साधन कर सम्बन्धी सिफारिस अनुसार कोशी प्रदेशभित्र झापामै सबैभन्दा बढी अनुदानका लागि अर्जुनधारा नगरपालिकालाई सिफारिस गरेको हो ।
आयोगद्वारा प्रयोग गरिएका मुख्य सूचकहरूमा जनसंख्या तथा जनसांख्यिक विवरण ५० प्रतिशत, क्षेत्रफल १० प्रतिशत, मानव विकास सूचकाङ्क ५ प्रतिशत, पूर्वाधार विकासको अवस्था २५ प्रतिशत र वन क्षेत्र १० प्रतिशत समावेश छन् । यी सूचकहरूको समग्र मूल्याङ्कनका आधारमा झापा जिल्लाका पालिकाहरूले प्राप्त गरेको अंक निम्नानुसार रहेको छः

उपरोक्त विवरणले स्पष्ट रूपमा देखाउँछ कि अर्जुनधारा नगरपालिकाले झापा जिल्लामै उच्चतम अंक (हिस्सा) प्राप्त गरेको छ । जनसंख्या तथा भूगोलका हिसाबले अग्रस्थानमा नरहे पनि, पूर्वाधार विकासका क्षेत्रमा गरिएको उल्लेख्य प्रगति सडक, खानेपानी, विद्युत तथा सूचना प्रविधिमा पहुँच विस्तार नै यस उपलब्धिको प्रमुख आधार बनेको पालिकाले जनाएको छ ।
यो उपलब्धि सम्पूर्ण नगरवासी, जनप्रतिनिधि तथा कर्मचारीहरूको साझा प्रयासको परिणाम भएको नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले जानकारी दिए । आगामी दिनमा पनि दिगो, समावेशी र गुणस्तरीय विकासतर्फ अर्जुनधारा नगरपालिका अझ दृढतापूर्वक अघि वढ्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।



















