झापा ।
झापाका अलग–अलग सवारी दुर्घटनामा दुई जना घाइते भएका छन् । झापाको कमल गाउँपालिका–५ पाडाजुङगी चोकमा सवारी दुर्घटनाबाट एक जना घाइते भएका छन् ।
आज (शनिवार) बिहान ९ः३० बजेको समयमा पूर्व पश्चिम लोकमार्गमा काँकरभिट्टाबाट दमकतर्फ गईरहेको मे १ ख ३०६८ नम्बरको यात्रु बाहक बसले किचेर यात्रु घाइते भएका हुन् ।
दमक नगरपालिका–८ का ३५ बर्षीय निर्मल कार्की चढ्न खोज्दा बस अगाडी बढ्दा लडेर सोही बसको चक्काले बाँया खुट्टामा किचेर घाईते भई निम्स अस्पताल दमकमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाईते बोल्न नसक्ने अवस्थामा छन् भने बस चालक नियन्त्रणमा रहेको बताइएको छ ।
यसैगरी आज बिहान ९ बजेको समयमा झापाको अर्जुनधारा नगरपालिका–७ गडीस्थित शनिश्चरे खुदनाबारी सडक खण्डमा शनिश्चरेबाट खुदनाबारीतर्फ जाँदै गरेको मे ४ प ३८२९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक अर्जुनधारा–१ का ४० बर्षीय टंक गौतमको अनुहार हात, खुट्टामा चोट लागेर र तत्काल उपचारको लागि शंकर अस्पताल शनिश्चरे ल्याएर उपचार भईरहेको छ । घाइतेको अवस्था बोल्न सक्ने मध्यम रहेको र मोटरसाइकल प्रहरी चौकी शनिश्चरेमा ल्याएर राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















