झापा ।
वैदेशिक रोजगारमा गत चैत महिनामा ६१ हजार वढी नेपाली कामदार गएका छन् । गत वर्ष २०८२ को चैत महिनामा ६१ हजार बढी नेपाली वैदेशिक रोजगारमा गएका वैदेशिक रोजगार विभागले जनाएको छ ।
वैदेशिक रोजगार विभागका अनुसार चैत महिनामा ६१ हजार ८ सय १९ जना नेपाली वैदेशिक रोजगारमा गएकोमा म्यानपावर कम्पनीमार्फत ११ हजार ५ सय ५८ जना छन् ।
चैतमा व्यक्तिगत नयाँ ८ हजार ६ सय ५२ जना, पुनः श्रम स्वीकृतिमा ४१ हजार २ सय ७४ जना र जिटुजीका माध्यमबाट ३३५ जना गएका छन् ।


















