बिर्तामोड । 

सामाजिक व्यक्तित्व विपिन बजगाँईले ‘नयाँ उज्यालो २०८२’ राहत कोष स्थापना गरेका छन् । झापा बिर्तामोड–५ नयाँ उज्यालो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका बजगाँईले आज (आइतवार) परेको जन्मोत्सवको अवसर पारेर ५० हजार रुपैयाको ‘नयाँ उज्यालो २०८२’ राहत कोष स्थापना गरेको संस्थाका व्यवस्थापक रोहित पौडेलले जानकारी दिए । 

कोष स्थापनासँगै उनले संस्थाका कर्मचारीलाई जनही एक हजार रुपैयाँ महँगी भक्तासमेत वितरण गरेका छन् । उनले कर्मचारी ब्यवस्थापक रोहित पौडेल, सह–लेखापाल भावना अधिकारी,  बजार प्रतिनिधि करुना  मिश्र, मनिषा न्यौपाने, ललिता श्रेष्ठ र योगमाया दाहाललाई महगी भत्ता वितरण गरेका ब्यवस्थापक पौडेलले बताए । 

यसैगरी जन्मदिनको अवसर पारेर आज बिहान बिर्तामोड–५ निवासी युनिक मेशिनरीका सञ्चालकसमेत रहेका उनले श्रीमती बिनिता र छोरा बिवान बजगाँईसहित पूर्वको धार्मिक तथा पर्यटकीय स्थल कनकाई धाम धार्मिक विकास संस्था (कोटीहोम) अन्तरगत गौमाताको सेवाका लागि कुटी काट्ने मेशिन समेत हस्तान्तरण गरेका थिए ।