गोलधाप ।

झापाको बिर्तामोड–४ को सिम्रिक  बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा दुई दिने कपुर धुप बाती  बनाउने तालिम सुरू गरेको छ । संस्थाका महिला शेयर सदस्यलाई आत्मनिर्भर र उद्यमशीलतातर्फ जोड्ने उदेश्यले तालिम आयोजना गरिएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए । 

संस्थाले गृहिणी महिलाहरुको आर्थिक पक्ष बलियो बनाउनको लागि सीपमूलक तालिम प्रदान गरिएको कार्यकारी प्रमुख  बस्नेतको भनाई रहेको छ । आजबाट सुरू भएको दुई  दिनसम्म सञ्चालित तालिममा बिर्ताबजार र गोलधाप सेवा केन्द्रका २५  जना महिला सदस्यहरुको सहभागिता रहेका छन् । 

संस्थाको शिक्षा  उप–समितिले तालिमको आयोजना गरेको हो । संस्थाको शिक्षा  उपसमिति संयोजक मेहरमान बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा  उपसमिति सदस्य मदनकुमार रिजाल, बद्री प्याकुरेल, गोलधाप सेवा केन्द्र प्रमुख सन्तोष कार्की, संस्थाको आईटी बिभाग अधिकृत  बिजय पाण्डे लगायतको आथित्यता रहेको थियो । 

तालिमलाई सृजना ढुङ्गेल र हृदय कुमारी संग्रौलाले  प्रशिक्षण दिइरहेका छन् ।  तालिम पश्चात महिलाहरुले सीपलाई व्यवहारमा उर्तानु हुनेछन् भन्ने विश्वास रहेको संस्थाका अध्यक्ष सुवास भट्टराईले जानकारी दिए । 

सिम्रिकले बचत तथा ऋणको कारोबार सहित सामाजिक क्षेत्रमा काम गरिरहेको छ । संस्थाले यश अघि पनि साबुन, फिनेल, अचार बनाउने तालिम प्रदान गरिसकेको छ  । त्यस्तै संस्थाले ब्युटी सियन, मौरीपालन, ब्रखा पालन, सिलाई बुनाईसहितका विभिन्न तालिम प्रदान गरिरहेको छ ।

यसैगरी संस्थाले चारआली र बुधवारे सेवा केन्द्रका २४ जनालाई धुप बत्ती, धुलावारी सेवा केन्द्रका ५६ जनालाई सावुन बनाउने तालिम प्रदान गरिससकेको छ भने आगामी बैशाख ४ गतेदेखि १७ गतेसम्म संस्थाका बिभिन्न सेवा केन्द्र धुपबती र साबुन बनाउने तालिम प्रदान गर्ने बताइएको छ ।