झापा । 

साउदी अरेबियाको रियादस्थित हुस्सेन बिन अली अतिफामा काम गर्दै आएका ५० बढी नेपाली कामदहरूले आफूहरू बिचल्लीमा परेको बताएका छन् ।

गौशालास्थित नेपाल लाइफ रिक्रुटमेन्ट प्रालिसहित विभिन्न म्यानपावर कम्पनीबाट दुई वर्ष अगाडि साउदी पुगेका उनीहरूले विगत लामो समयदेखि कम्पनीले तलब मात्रै नभई खान बस्न समेत नदिएको भन्दै उद्धारको माग गरेका छन् ।

कन्स्ट्रक्सनको कामका लागि दुई वर्षे श्रम सम्झौतामा गएका उनीहरू समस्यामा पर्दासमेत म्यानपावर कम्पनीले उद्धारमा चासो नदिएको गुनासो गरेका छन् ।

अलपत्र कामदारको उद्धार सम्बन्धमा प्रतिक्रिया लिने पटकपटकको प्रयास म्यानपावर सञ्चालक सागर गिरीले टेलिफोन रिसिभ नगरेका कारण सफल हुन सकेन ।