- रन्जित परियार
बुट्टाबारी ।
राष्ट्रियसेवक बचत तथा ऋण सहकारी सस्था लिमिटेड झापाले आफ्नो २७ औं स्थापना दिवस सम्पन्न गरेको छ । बन्दी सहायता नेपालद्वारा स्थापित एवम् संचालित मनमाया आमा, गङ्गा आमा, जङ्गल गार्डेन ब्वाइज होम र जुनकीरी सार्वजनिक आधारभूत बिद्यालय अर्जुनधारा ११ का ३० जना बालबालिकाहरुलाइ सहकारीले स्कुल ब्याग र स्टेसनरी प्रदान गरेको छ ।
सहकारीले नाफा कमाएको केही प्रतिशत सामाजिक कार्यमा सामाजिक उत्तरदायित्व बहन अन्तर्गत यस पटक बन्दी गृहमा रहेका अभिभावकहरुसग आस्रित बन्दीका बालबालिकाहरुलाइ आवास सहित शिक्षा प्रदान गर्दै गरेको सस्था बन्दी सहायता नेपालम रहेका बालबालिकाहरुलाइ शिक्षामा सहयोग होस भनी २७ औं स्थापना दिवस बालबालिकाहरुको साथ मनाएको सस्थाका अध्यक्ष लक्ष्मी गुरागाँइले बताए ।
कार्यक्रम प्रमुख अतिथि सस्थापक देवराज कार्कीले यस सस्था र बिद्यालय स्थापना कालदेखि नजिकबाट हेर्दै आए पनि यहाका बालबालिकाहरुलाइ सहयोग गर्न भने ढिलै भए पनि पाइएकोमा खुसी व्यक्त गरे निजामती कर्मचारीहरुले पनि केही बचत गरि आफ्नो दुख सुखमा सहयोग लिन २७ बर्ष सगठित भएर निर्माण गरिएको र धेरै कर्मचारीहरुको दुख सुखको सारथि बनेको बताए ।
कार्यक्रम बन्दी सहायता नेपाल पुर्वान्चल शाखा एवम् जुनकीरी बिद्यालयका सस्थापक जगत बहादुर मगरले सामाजिक उत्तरदायित्व बहन गर्दा आफू पनि दङ्ग परेको र यसले आफुलाइ पनि सकाएको बताउदै यहाँसम्म आएर बालबालिकाहरुको अब आउने शैक्षिकसत्रमा नयाँ ब्याग बकेर जाने सराहनीय कार्यप्रति राष्ट्रसेवक सहकारीलाई धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा सहकारीका उपाध्यक्ष तेजेन्द्र न्यौपाने,सस्थापक तुलसी भन्डारी,सल्लाहकार डिल्ली दाहाल,कोषाध्यक्ष कृष्ण रुचाल, ब्यवस्थापक अनुज खतिवडाले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम स्वागत एवम् सहजीकरण सचिब शेषराज पौडेलले गरेका थिए ।


















