लक्ष्मीपुर ।
झापाको अर्जुनधारा–५ स्थित वैशाबारीमा रहेको त्र्यम्बक महाकारी दुर्गा मन्दिरको ११ औं बार्षिक साधारणसभाबाट सामाजसेवी लक्ष्मण खतिवडा अध्यक्षमा निर्वाचित भएका छन् । मन्दिर परिसरमा सोमबार भएको साधारणसभासहितको अधिवेशनले खतिवडाको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षमा उमाकान्त ढुङ्गेल, सचिवमा प्रेम खड्का, सह–सचिवमा टंक दाहाल, कोषाध्यक्षमा ध्यानबहादुर भारती सर्वसम्मत निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा राजु गिरी, होमनाथ साह, भूपाल मगर, अर्जुन बस्नेत, मिना भट्टराई, सरस्वती बोहोरा, शिला प्रसाई, र तोपलाल राजवंशी निर्वाचित भएका छन् ।
श्यामकुमार प्रधानको संयोजकत्वमा गठीत निर्वाचन मण्डलीको सदस्यमा कपिल अधिकारी र दीपा भट्टराई रहेका थिए । निवर्तमान अध्यक्ष अमरदीप भेटवालको अध्यक्षतामा भएको साधारणसभामा अर्जुनधारा–५ का वडाध्यक्ष गीताराज खड्का (हरि) को प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा अध्यक्ष भेटवालले अध्यक्षको प्रतिवेदन, सचिवको प्रतिवेदन ध्यानबहादुर भारती र कोषाध्यक्षको प्रतिवेदन उमामान्त ढुङ्गेलले प्रस्तुत गरेका थिए ।
सोही कार्यक्रमकाबिच जग्गादाताका रुपमा दीपकसेन भट्टराईलाई सम्मान गरिएको थियो । नयाँ समितिको पहिलो वैठकले सल्लाहकारमा केदारनाथ खतिवडा, अमरदीप भेटवाल र लीलाबहादुर कटुवाललाई सल्लाहकारमा नियुक्त गरेको अध्यक्ष खतिवडाले जानकारी दिए ।

















