बुट्टाबारी ।
झापाको अर्जुनधारा नगपालिका–११ स्थित महारानीगञ्ज माध्यमिक बिद्यालयमा अध्ययनरत २ सय ४९ जना बिद्यार्थीलाई पोषाक वितरण गरिएको छ । एसबिआई बैकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिद्यार्थीलाई पोषाक उपलब्ध गराएको थियो ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैकका कोशी प्रदेश प्रमुख दमयन्ती जोशी, वडाअध्यक्ष खगेन्द्र ईङनाम लगायतले पोषाक वितरणमा सहजिकरण गरेका थिए ।
बिद्यालयमा एक समारोहका बिच पोषाक वितरणसँगै कक्षा–१० मा अध्ययनरत बिद्यार्थीलाई बिदाई गरिएको जनाइएको छ । बिद्यालयमा अध्ययनरत सम्पूर्ण बिद्यार्थीलाई व्याग र जुत्ता वितरण गरिएको व्यवस्थापन समितिका अध्यक्ष खतिवडाले जानकारी दिए । उनले यसै शैक्षिक सत्रदेखि कक्षा–५ सम्म अंग्रेजी माध्यममा पठन(पाठनको व्यवस्था गरिने उनले बताए । त्यसका लागि निजी स्तरमा शिक्षक तथा कक्षाकोठाको व्यवस्था गरिएको उनले बताए ।
बिद्यालयमा कम्प्युटर ल्याव पुननिर्माण गरि यश शैक्षिक सत्रदेखि कम्प्युटर कक्षा सुरुवात गर्न लागिएको बिद्यालयका प्रधानाध्यापक मनकुमार लिम्बुले जानकारी दिए । अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले सो बिद्यालयमा कक्षा–५ सम्मका बिद्यार्थीलाई १ बर्षसम्म आवश्यक पर्ने स्टेशनरी प्रदान गर्ने भएका छन् ।


















