झापा । 

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको र जसको प्रभावले सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज दिउँसो देशको हिमाली भूभागमा अधिकांश बादल, पहाडी  भूभागमा साधरणतया बादल र तराई भूभागमा  आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका धेरै स्थानहरूमा, बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा चट्याङ्ग, हावाहुरी,असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। 

आज राति देशको हिमाली भूभागमा अधिकांश बादल तथा कोशी र मधेस प्रदेश लगायत देशका पहाडी भूभागमा  साधरणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका थोरै तथा तराई भूभागको एक–दुई स्थानमा चट्याङ्ग, हावाहुरी, असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।