झापा । 

झापाको दमक नगरपालिका–१० पिनडाँडाका ५२ बर्षीय देबेन्द्र प्रसाईले सोही स्थानमा सञ्चालन गरेको दमक एग्रिकल्चर प्रालिमा लियर कुखुरा फर्मको कुखुरा नष्ट गर्न थालिएको छ । 

उक्त फर्ममा लियर कुखुरामा बर्डफ्लु पुष्टि भएसँगै लियर कुखुरा नष्ट गर्न थालिएको हो । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुर झापा, मंक्ष विकास निर्देशानालय विराटनगर साथै पशुपन्छी बिकास शाखा कार्यालय दमकबाट खटिएको पशुपन्छी चिकित्सक सहितको टोली र इलाका प्रहरी कार्यालय दमकको प्रहरीको संयुक्त टोलीले उक्त फर्ममा रहेको अन्दाजी ३०÷३२ हजार लियर कुखुरा मार्ने कार्य सोमवारदेखि सुरु गरेको हो । 

 एग्रीकल्चर फर्म प्रालिमा रहेका कुखुरामा बर्डफ्लू संक्रमण पुष्टि भएको थियो  । फार्ममा कुखुराहरू मर्न थालेपछि त्यहाँका सञ्चालकले कुखुरा परीक्षणका लागि बिराटनगर ल्याब पठाएका थिए । विराटनगरले केन्द्रले ल्याब पक्षिणका लागि काठमाडौँ पठाएको थियो । काठमाडौँ ल्याबबाट बर्डफ्लू संक्रमण पुष्टि भएको पत्र शनिवार प्राप्त भएकोसँगै आइतबार कोशी प्रदेश सरकारको रेपिड रेस्पोन्स टिम पठाइएको थियो ।

सो टिमले चार किल्ला तोकेर फर्ममा कति संख्यामा कुखुरा थिए, कति मरे त्यसको अध्ययन गरिसकेको छ । अध्ययन प्रतिवेदन प्राप्त भएपछि तुरुन्त प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बैठक बसी कुखुरा मार्न टोली परिचालन गरी कुखुरा नष्ट गर्न शुरु गरिएको हो ।  बर्डफ्लू संक्रमण पुष्टि भएका फर्मलाई राज्यले क्षतिपूर्ति दिने व्यवस्था रहेको बताइएको छ ।