झापा ।
झापाको मेचीनगर नगरपालिका–८ प्रनिक पेट्रोल पम्प छेउमा भएको सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन् । गएराति ८ः४० बजेको समयमा पूर्व पश्चिम राजमार्गमा काँकरभिट्टाबाट धुलाबारीतर्फ जाँदै गरेको SK08PO353 नं.को मोसाले पैदलयात्रीलाई ठक्कर दिदा दुर्घटना भएको थियो ।
दुर्घटनामा पैदलयात्री मेचीनगर–७ की २८ बर्षीया पुर्णिमा सुनुवार बायाँ खुट्टा भाँचिएको, शरीरको बिभिन्न भागमा चोट अवस्था मध्यम रहेको छ । सोही स्थानकी पैदलयात्री ३४ बर्षीया लाी सुन्दास, मोटरसाइकल चालक भारत दार्जिलिङका ३३ बर्षीय बुद्दिमान राई, सोही मोटरसाइकलपछि सवार मेचीनगर –९ की २८ बर्षीया भुमिका बिक, सोही मोटरसाइकल पछाडी सवार मेचीनगर–६ की २० बर्षीयम दिक्षा बिक सामान्य घाइते भएका छन् ।
घाईतेहरु सबैलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाईएको, उपचारमा पैदलयात्रीको आफन्त संलग्न रहेको र घटना स्थलमा अस्थाई प्रहरी पोष्ट ईटाभट्टाको प्रहरी टोली गएर मोटरसाइकल नियन्त्रणमा लिएर कार्यालयमा ल्याएर राखिएको प्रहरीले जनाएको छ ।


















