बिर्तामाेड ।

काठमाडौँमा मुख्य कार्यालय रहेकाे डेस्टिनी करियर एजुकेशन प्रालीले झापाकाे बिर्तामाेडमा पहिलाे शाखा स्थापना गरेकाे छ । झापाबाट साे कन्सल्टेन्सी हुँदै जापान अध्ययन तथा श्रमकाे लागि जानेकाे संख्या उच्च भएपछि झापामा शाखा स्थापना गरेकाे सञ्चालक सुजन श्रेष्ठले जानकारी दिए । 

काठमाडौँको सामाखुशी मुख्य कार्यालय रहेकाे कन्सल्टेन्सीले  स्थापनाकाे तीन बर्षमा १५० जना बिद्यार्थीलाई अध्ययनकाे लागि जापान पठाइसकेकाे जनाएकाे छ । श्रेष्ठले आफनाे कन्सलटेन्सीबाट गएका सबैसँग सम्पर्कमा रहेकाे बताउँदै १०० प्रतिशत नतिजा सफल भएको दावी गरेका छन् ।

कन्सल्टेन्सीले जापानकै  बिभिन्न शहरमा रेष्टुरेन्ट सञ्चालन गर्दै आएकाे छ । यहाँबाट जाने बिद्यार्थीलाई आफनै रेष्टुरेन्टमा आंशिक राेजगार दिइनेसमेत बताइएकाे छ । यसका अतिरिक्त जापानकाे टोकियो, नागोया, फुजी मा रेष्टुरेन्ट सञ्चालन गर्ने तयारी छ ।

कन्सलटेन्सीका बिर्तामाेड शाखा प्रमुख प्रकाश बानियाँले चैत १५ गतेदेखि दक्ष प्रशिक्षककाे सहजीकरणमा पठन-पाठन सुरु गर्ने बताए । त्यसका लागि बिद्यार्थीले नाम दर्ता गर्न सुरु गरेकाे उनकाे भनाई छ । 

शाखा उद्घाटन कार्यक्रममा कम्पनीका सल्लाहकार रोशन अधिकाारी, सञ्चालकहरु श्रीकृष्ण श्रेष्ठ तथा सुशील डंगोलकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सञ्चालन बिर्तामाेड शाखा सञ्चालक तिलक याेञ्जनले गरेका थिए ।