- रन्जित परियार
बुट्टावारी ।
श्री आधारभूत बिद्यालय झापाको अर्जुनधारा–९ मा गएराति चोरी भएको छ । सोमबार राति बिद्यालयको नर्सरी कक्षा फोरेर बालबालिकाहरुले हेर्ने टेलिभिजन लगेको र बिद्यालयको कार्यालय पनि तोड्न खोजिएको प्रधानाध्यापक सुजाता शिवाकोटीले जानकारी दिएकी छनु ।
त्यसैगरी अन्य बिद्यालयहरुको पनि पानीका मोटरदेखि बिजुलीका तार काठ चोरी हुने गरेको महारानीगज माबिका प्रधानाध्यापक मनबहादुर लिम्बुले बताए ।
शिक्षा दिने मन्दिर बिद्यालयमै चोरी गर्नु अत्यन्तै निन्दनीय भएको र यस्ता गिरोह जो कोहिले देखे वा फेला पारे कडा भन्दा कडा सजाय दिनु पर्ने बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जितेस योन्जनले बताएका छन् ।
बिहान बिद्यालयमा पुग्दा बिद्यालयको अवस्था देखे पछी प्रहरी चौकी शनिश्चरेलाइ खबर पछि प्रहरीले बिद्यालय अनुगमन गरि चाडै नै चोरीमा सम्लग्न ब्याक्तीहरुलाइ खोजी गरि कानुन बमोजिम कार्वाही गर्ने बताए । त्यसै गरि शिक्षा युवा तथा खेलकुद शाखा अर्जुनधारा नगरपालिकालाई खबर गरिएको र शाखाबाट समेत अनुगमन गरिएको प्रधानाध्यापक शिवाकोटीले बताइन् ।


















