काँकरभिट्टा ।
वैदेशिक रोजगार सम्बन्धी कसुरमा झापाबाट पक्राउ परेका एक व्यक्तिलाई वैदेशिक रोजगार बिभाग ताहाचल काठमाडौंमा बुझाइएको छ । मेचीनगर नगरपालिका–६ का ३२ बर्षीय सौभाग्य थापालाई नियन्त्रणमा लिएर वैदेशिक रोजगार बिभागमा बुझाइएको हो ।
विभागमा बुझाउने पत्र प्राप्त अनुसार उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टा खटिएको प्रहरी टोलीले गत चैत १ गते पक्राउ गरेको थियो ।
पक्राउ गरी चैत २ गते बिहान ८ः३० बजेको समयमा भद्रपुरबाट बुद्ध एयरको जहाजद्धारा वैदेशिक रोजगार बिभाग ताहाचल काठमाडौं लगेर बुझाइएको प्रहरीले जनाएको छ ।
















