• रन्जित परियार

बुट्टाबारी ।  

स्वच्छ समाजका लागी सामाजिक अभियान झापाले दुई कठ्ठा सात धुर जमिनको रकम भुक्तानी सम्पन्न गरेको छ । गर्दा के नहुदो रहेछ भन्ने भनाइलाई साकार पार्दै अभियानले जग्गा खरिद गरेको हो । 

सामाजिक अभियन्ता गणेश ढुंगानाले बिगत कोरोना भाइरस कोभिटको महामारीमा असहाय,अपांगताहरुलाई चुलो निभेको समममा सहयोग जुटाइ खाद्यान्न ब्यवस्थापन सुरु गरेको अभियानसँगै आज उनिहरुलाइ बस्ने आवासका लागि विभिन्न स्थानबाट टुटेफुटेका सिसा, प्लास्टिक तथा फोहोर सकलन गरि आएको रकमलाई जम्मा गर्दै र एक व्यक्ति  एक धुर सहयोग अभियान मार्फत विभिन्न सहयोगी दाताबाट सकलित रकमबाट झापाको अर्जुनधारा–११ सालबारीमा दुइ कठ्ठा सात धुर जमिन ४२ लाख रुपैयाँमा खरिद गरेको र अन्तिम किस्ता तिर्न अस्ट्रेलिया बस्ने  छोरा राजन प्रसाइ दिया प्रसाईं छोरी डम्बर कुमारी ओली प्रसाइबाट बुबा आमा स्वर्गीय गोपिलाल र साबित्रा प्रसाईं, काशीनाथ र गोमादेबि प्रसाइको स्मृतिमा भान्जा योगेस ओलि मार्फत एकासि हजार अभियानले खरिद गरेकै जमीनमा एक कार्यक्रम बिच हस्तान्तरण गरिएको हो । 

यसै बीच समाजका अध्यक्ष दुङ्गानाले चाँडै नै असहाय तथा अपांगता भएको ब्याक्तीहरु बस्ने आवास निर्माण हुने र आवासका लागि पनि सहयोगी दाताहरु स्फुर्त जुटिरहेको  बताएको छन् ।कार्यक्रममा युवा ब्यवासयी समाजका सदस्य भुपेन्द्र श्रेष्ठ र दाताका भान्जा योगेस ओलिले परोपकारी कार्यमा जोडिन र सहयोग गर्न पाउँद

 खुसी व्यक्त गरेका थिए । अहिलेसम्म सहयोग पुर्याउने सवै दाताहरुलाइ ह्र्दयबाट धन्यवाद व्यक्त गरेका छन् । कार्यक्रमको सहजीकरण अभियानका सहजकर्ता बिपि कोइरालाले गरेका थिए ।