झापा । 

 नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

हाल कोशी, बागमती र गण्डकी प्रदेशसहित लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ र बाँकी पहाडी भू–भागमा आंशिक बादल लागेको छ । तराई भू–भागका केही स्थानहरूमा तुवाँलो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू(भामामा  साधारणतया बादल लाग्नेछ।  बाँकी भू–भागमा आंशिक बादल लाग्ने छ । 

कोशी, मधेस, बागमती, गण्डकी प्रदेशसहित लुम्बिनी  प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।