झापा । 

नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ र बाँकी भू–भागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउँसो देशको पहाडी र हिमाली भू–भागमा भू–भागमा साधारणतया बादल लाग्नेछ।  देशको बाँकी भू–भागमा आंशिक बादल लाग्ने छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।  तराई भू–भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। 

आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भामामा साधरणतया बादल  लाग्नेछ। बाँकी भू–भागमा आंशिक बादल लाग्ने छ । कोशी र गण्डकी प्रदेशको  पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा र बागमती प्रदेशको  पहाडी र हिमाली भू–भाग तथा कोशी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ । तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो रहने महाशाखाले जनाएको छ।