झापा । 

झापामा उत्साह जनक मतदान भइरहेको छ । ५ वटा क्षेत्र रहेको झापामा उत्साह जनक मतदान भइरहेको छ ।  बिहान ११ बजेसम्म देशभरि १०.१८ प्रतिशत मत खसेको छ ।

 बिहान ११ बजेसम्म देशभरि १९ लाख २३ हजार ८२४ मत गरेको छ निर्वाचन आयोगले जनाएको छ । यो कुल मतदाताको १०.१८ प्रतिशत हो ।

झापामा भने बिहान ११ बजेसम्ममा करिव २८ प्रतिशत मत खसेको बताइएको छ ।  निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् । जसमा ९६ लाख ६३ हजार ३५८ पुरुष मतदाता, ९२ लाख ४० हजार १३१ महिला मतदाता र २ सय जना अन्य मतदाता छन् ।