झापा ।

 झापासहित देशैभर प्रतिनिधि सभा निर्वाचन बिहीबार बिहान ७ बजेदेखि सुरु भएको छ । मतदानअपराह्न ५ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।  निर्वाचनमा  प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । 

यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।  निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् । 

  प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत देशभरका निर्वाचन केन्द्रमा मतदान सुरु भएको छ ।  मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि एकै चरणमा मतदान सुरु भएको हो । 

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो । यसअघि २०७४÷२०७९ सालमा निर्वाचन भएको थियो । आज ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ (प्रत्यक्ष) तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि मतदान भएको हो । प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् ।