झापा । 

झापाको बिर्तामोड नगरपालिका–४ मुनालटोलमा गएराति आगलागी भएको छ । सोही स्थानका तीर्थकुमार श्रेष्ठको जग्गामा  सिनुराम मगरले बनाएको टिनको छानो टिनकै  बेरा भएको भुई तल्ले कच्चि घरमा बिधुत सट भई आगो लागेको थियो । 

आगलागीको जानकारी प्राप्त हुन साथ तत्काल इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोली गएर राति ११ः३५ बजे स्थानिय र बिर्तामोड नगरको दमकलको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट घर पूर्ण रुपमा जलेर नष्ट हुँदा  घर भित्र रहेको लत्ताकपडा, खाद्यन्य, १५ वटा कुखुरा जलेर नष्ट  हुँदा एक लाख पचास हजार मूल्य बराबरको क्षति भएको छ । 

आगो निभाउने क्रममा  सिनुराम मगरको हात खुट्टा सामान्य जलेर पिल्सि उपचारको र लागि बिर्तामोडस्थित बिर्तासिटि अस्पताल लगेर उपचार भईरहेको र अवस्था सामान्य, बोल्न सक्ने रहेको प्रहरीले जनाएको छ ।