झापा ।
इजरायल, अमेरिका र इरानबीचको युद्धका कारण लाखौं नेपाली कार्यरत रहेको मध्यपूर्वमा असुरक्षा बढेपछि वैदेशिक रोजगार विभागले अस्थायी रूपमा श्रम स्वीकृति रोकेको छ ।
तनाव कति लामो समय जाने हो एकिन नभएपछि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनपछि संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति रोकिएको विभागका उप–महानिर्देशक चन्द्रबहादुर शिवाकोटीले जानकारी दिए ।
उनले श्रम स्वीकृति पाएकाहरू विमानस्थलमा अलपत्र परेको र उताबाट उद्धारको अवस्था नदेखिएपछि अस्थायी रूपमा हाललाई रोक्ने निर्णय भएको बताएका छन् ।
















