झापा ।
करिब ४ दर्जन राहदानीसहित नयाँ दिल्ली जान लागेकी एक महिला पक्राउ परेकी छन् । भुटान एयरलायन्सको बी ३ ७७३ नम्बरको उडानमार्फत काठमाडौंबाट दिल्ली जान लागेकी ४५ वर्षीया तारा चन्द चौधरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको हो ।
उनीमाथि थप अनुसन्धान गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पठाइएको छ । उनले भिसा प्रयोजनका लागि ती राहदानी आफूले साथमा राखेको बताएकी छन् ।
तर उनले सरकारी अनुमति नलिएको बताइएको छ ।

















