झापा ।
म्यानमारमा पक्राउ परेका नेपालीलाई आममाफी संकेत दिएको छ । परराष्ट्र मन्त्रालयले अनलाइन स्क्यामिङमा पक्राउ परेका १८ नेपाली कैदीलाई म्यानमारले आममाफी दिन सकारात्मक संकेत दिएको जनाएको छ ।
सिंहदरबारमा बुधबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयको दक्षिणपूर्वी एसिया तथा प्रशान्त क्षेत्र महाशाखा प्रमुख प्रकाश अधिकारीले अवैध रुपमा म्यानमार पुर्याइएका नेपालीहरूलाई आममाफी दिन सकारात्मक देखिएको बताएका छन् ।
म्यानमारले अनलाइन स्क्यामिङ केन्द्रमा काममा लगाइएका १८ जना नेपालीलाई पक्राउ गरी एक वर्ष कैद सजाय सुनाएपछि त्रास फैलिएको थियो । अधिकारीले म्यानमारका लागि नेपालका राजदूतसँग सम्पर्क गरी म्यानमारका उपविदेशमन्त्री र गृहमन्त्रीसँग भेटघाट गर्दा आममाफी दिन सकारात्मक रहेको जवाफ प्राप्त भएको बताएका छन् ।

















