झापा ।
इलामको सुर्योदय नगरपालिका–३ नेवार गाउँस्थित फिक्कल पशुपतिनगर पक्की सडक खण्डबाट भारतीय मदिरा नियन्त्रणमा लिइएको छ ।
सूर्योदय–३ का २६ बर्षीय रोशन प्रधानले पशुपतिनगरबाट फिक्कलतर्फ चलाई ल्याउँदै गरेको प्र१–०१–००२ च ४३९० नंम्बरको बोलेरो पिकअप गाडीलाई जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गरेको थियो । आज बिहान राति २ बजेको समयमा गाडी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उक्त गाडीमा भारतीय मदिरा Honey Bee Brandy ७१ कार्टुन ८५२ बोतल र Sikkim Golden Melon Brandy ७८ कार्टुन ९३६ बोतल गरी जम्मा १४९ कार्टुन, १,७८८ बोतल फेला परेकोले फेला परेको र चालक र सवारी साधनसहित नियन्त्रणमा लिएर प्रहरी चौकी फिक्कल इलाम ल्याएर राखिएको प्रहरीले जनाएको छ ।
तस्वीर


















