झापा ।
जंगली हात्तीको आक्रमणबाट घाइते भएकी झापा बाह्रदशीकी महिलाको मृत्यु भएको छ । गएराति १ बजे बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा बाह्रदशी–१ की बोक्राझारी ५० वर्षीया लिला राजवंशीको मृत्यु भएको हो ।
फागुन ७ गते बिहान ५ः४५ बजे बाह्रदशी १बोक्राझारी बस्ने लखनलाल राजवंशीकी श्रीमती लिलाले आफ्नो बनाउँदै गरेको पक्की घरमा पानी हाल्ने क्रममा लक्ष्मीनाथ सामुदायिक वन भागुडुब्बाबाट एउटा जंगली हात्ती आई उनलाई अचानक आक्रमण गरेको थियो ।
लिलालाई आक्रमण गरी शरीरको विभिन्न भागमा चोट पुर्याइ गम्भीर घाइते बनाएको थियो ।


















