चारपाने ।
झापाको बिर्तामोड–२ मा रहेको शिक्षा शिकोप निकेतन बिद्यालयले पाँचौं बार्षिकोत्सव बिविध कार्यक्रम गरी मनाएको छ । शिक्षा बहुउद्देश्यी सहकारी संस्थाले २०७७ फागुन ४ गते स्थापना गरेको बिद्यालयले आज (सोमवार) पाचौं बार्षिकोत्सव सम्पन्न गरेको हो ।
बार्षिकोत्सवका अवसरमा नानीबाबुहरुले नृत्य, भाषण, गायनलगायत मनोरन्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । सोही कार्यक्रमकाबिच उत्कृष्ट शिक्षकका रुपमा सुधा निरौला र उत्कृष्ट बिद्यार्थीका रुपमा अदिति पोखरेललाई सम्मान गरिएको थियो ।
बिद्यालय व्यवस्थापन समितिकी अध्यक्ष चीजा राईको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख तीलचन भण्डारीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत बिद्यालयकी पिन्सिपल रेश्मा घिमिरेले गरेको कार्यक्रममा प्रमुख अतिथि भण्डारी, शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपानेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा सम्बोधन गर्दै शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष न्यौपानेले सहकारी मोडलबाट सञ्चालन भएको पहिलो बिद्यालय शिक्षा शिकोप निकेशन भएको बताए । उनले हाल प्ले ग्रुपदेखि कक्षा २ सम्म सञ्चालन भइरहेको बिद्यालयलाई आगामी शैक्षिक सत्रदेखि कक्षा ३ सम्म सञ्चालन गर्ने तयारी गरिएको बताएका छन् । कार्यक्रमको सञ्चालन सविता लिम्बुले गरेी थिइन् ।
हाल कक्षा २ सम्म सञ्चालन रहेको बिद्यालयमा १२५ जना बिद्यार्थी अध्ययनरत रहेका छन् भने शिक्षक र कर्मचारी गरी जम्मा १५ जना रहेको बिद्यालयकी प्रिन्सिपल रेश्मा घिमिरेले जानकारी दिइन् । कार्यक्रममा शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष हेमराज मिश्र, सचिव युवराज निरौला, लेखा सुपरिवेक्षेण समिति संयोजक सूर्यप्रसाद खतिवडालगायतको आतिथ्य रहेको थियो ।


















