बिर्तामोड । 

झापा बिर्तामोड–५ को न्यूटन्स एजुकेशन एकेडेमीले पत्रकार सन्तोष न्यौपानेसहित नौ जनालाई सम्मान गरेको छ । न्यूटन्स एजुकेशन फाउण्डेशनको २३ औं बार्षिकोत्सवका अवसरमा आज (शुक्रवार) पत्रकार, शिक्षासेवी, बिद्यार्थी, अभिभावक, शिक्षकलगायतलाई सम्मान गरिएको हो । 

सम्मानीत हुनेहरुमा पत्रकार सन्तोष न्यौपाने, न्यूटन्स एजुकेशन एकेडेमी प्रिन्सिपल देवेन्द्र हुमागाई, उत्कृष्ट शिक्षक केवल सापकोटा, नोयल परेरा, उत्कृष्ट अभिभावक मदनगोपाल सुब्वा, मेनुका ओली लोहनीलाई सम्मान गरिएको थियो । त्यस्तै शिक्षासेवीका रुपमा  गौतम शर्मा शिवाकोटीलाई अभिनन्दन गरिएको थियो । 

यसैगरी गरी उत्कृष्ट अंक ल्याउने सावित्रा न्यौपाने, श्रीयसी कार्की, संस्कार भट्टराईलाई समेत नगदसहित सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि गुरुङ, बिद्यालयका सञ्चालक आशिष प्रसाई, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षलगायतले सम्मानीतहरुलाई सम्मान गरेका थिए । 

बिद्यालय ब्यवस्थापन समितिका कार्यबहाक अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा मेची आँखा अस्पतालका अध्यक्ष तथा समाजसेवी जलकुमार गुरुङको प्रमुख आतिथ्य रहेको थियो । 

सोही कार्यक्रमकाबिच न्यूटन्स एकेडेमीले झापा गोल्डकपलाई एक लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको थियो भने सरस्वती माबि, कनकाई आदर्श बिद्या मन्दिर घैलाडुब्बा र आठराईको बिद्यालयलाई जनही ३ लाख १० रुपैयाँको अक्षयकोष र बिर्तामोडको मदरसा तालिमूल कुरान बिद्यालयलाई ५० हजार सहयोग गरेको छ । 

बिद्यार्थी अनन्य खरेलले स्वागत गरेको कार्यक्रममा बिद्यालयको गतिविधिका बिषयमा प्रिन्सिपल देबेन्द्र हुमागाईले प्रकाश पारेका थिए । कार्यक्रममा जिल्ला खेलकूद विकास समितिका अध्यक्ष भेसराज भण्डारी (प्रशान्त), नेपाल अलैंची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराई, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलगायत शिक्षासेवी, अभिभावक, समाजसेवीलगायतका आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लीला अनमोल र शिक्षक पवित्रा पौडेलले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा बिद्यार्थीहरुले नृत्य, गायन, गजल, नाटकप्रस्तुत गरेका थिए ।