झापा ।
कानूनी ज्ञान केन्द्र झापाको आयोजनामा शनिवार भद्रपुरमा नवोदित कानून व्यवसायीका लागि एक दिवसीय देवानी मस्यौदा लेखन तालिम सम्पन्न भएको छ ।
तालिमको शुभारम्भ समारोहमा जिल्ला सरकारी वकिलको कार्यालय झापाका जिल्ला न्यायधिवक्ता दिपेश शाह तथा झापा जिल्ला अदालतका सूचना अधिकृत रामचन्द्र बस्नेतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।
देवानी कानूनका सिद्धान्त र प्रयोग विषयमा झापा जिल्ला अदालतका जिल्ला न्यायधीश पारसमणि पोखरेलले र देवानी मस्यौदा लेखन विषयमा लेक्स नेपालका प्रशिक्षक अधिवक्ता वसन्त जोशीले प्रशिक्षण दिएका थिए ।
कार्यक्रमको समापान समारोहमा झापा बार सहसचिव अधिवक्ता सानु कार्की बस्नेत र कार्य समिति सदस्य अधिवक्ता तारा बारकोटीले तालिम उपलब्धिमूलक भएको बताए । कानूनी ज्ञान केन्द्र नवोदित कानून व्यवसायीको सक्रियतामा कानून तथा न्यायका क्षेत्रमा कार्य गर्ने उद्देश्यले स्थापना भएको हो ।
केन्द्रको अध्यक्षमा अधिवक्ता तारामणि सापकोटा, उपध्यक्ष अधिवक्ता तिलक अर्याल, सचिव अधिवक्ता नरेश खाती, सह–सचिव अधिवक्ता अनु राउत, कोषाध्यक्ष अधिवक्ता सुरज मैनाली र सदस्यहरुमा अधिवक्ता रुद्रमणि भट्टराई र अधिवक्ता हेमनारायण राजवंशी रहेका छन् । तालिममा २१ जना कानून व्यवसायीको सहभागिता रहेको थियो ।


















