बिर्तामोड ।
बचत तथा ऋण सहकारी संघ झापाको अध्यक्षमा युवराज गिरी निर्वाचित भएका छन् । संघका अन्य पदहरु सर्वसम्मत चयन भएपनि अध्यक्ष पद भने सर्वसम्मत हुन नसकेपछि निर्वाचन गरिएको थियो । जसमा गिरी र उपेन्द्रप्रसाद ओली प्रतिस्पर्धामा उत्रिएका थिए ।
आज (शनिवार) बिर्तामोडमा भएको निर्वाचनको परिणाम अनुसार गिरी ६३ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी ओलीले ४८ मत प्राप्त गरेको निर्वाचन समिति संयोजक देवेन्द्र भण्डारीले जानकारी दिए । संघ १३३ मत मध्ये निर्वाचनमा ११२ मत खसेको थियो । निर्वाचित गिरी श्री पतालगंगा साकोसका अध्यक्षसमेत हुन् ।
निर्वाचन अघि उपाध्यक्ष यामकुमार चुडाल, महिला उपाध्यक्षमा सुशिला रिजाल, सचिवमा बिनोद ढकाल सर्वसम्मत चयन भएका थिए । यसैगरी सदस्यमा हिमालय प्रकाश लिम्बु कन्दङ्वा, महेश घिमिरे, मित्रलाल खनाल, उमाकान्त आचार्य र संगीता कोइराला सर्वसम्मत भएका छन् ।
यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा जगनाथ भट्टराई सदस्यमा गायत्रीप्रसाद मैनाली र डिल्लीराम ढकाल पनि सर्वसम्मत चयन भएका थिए ।


















