बिर्तामोड l

बालमैत्री वातावरणमा पठनपाठन गराइरहेको झापा बिर्तामोड–३ को लिङ्कन मन्टेश्वरीले सरस्वतीको पूजाको अवसरमा अक्षरराम्भ कार्यक्रम  सञ्चालन गर्ने भएको छ ।

माघ ९ गते सरस्वती पूजाको अवसरमा अक्षराम्भ कार्यक्रम राखिएको र त्यस अवसरमा नानीबाबुहरुलाई निःशुल्क भर्ना गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाले जानकारी दिए । उनले त्यस अवसरमा आफ्ना नानीबाबुहरुलाई अक्षराम्भ गराउँदै निःशुल्क भर्नाको मौका लिन अभिभावकहरुलाई आग्रह गरेका छन् । यो सुविधा माघको पहिलो हप्तादेखि अन्तिम हप्तासम्म रहने विद्यालयले जनाएको छ ।

सुसंस्कारसहित बाल मनोविज्ञानका आधारमा पठनपाठन हुँदै आएको विद्यालयमा गीत, नृत्य, चित्रकला लगायतका विधामा अनुभवी विधागत शिक्षकहरुले अध्यापन गराउने गरेको संचालक सरोज पौडेलले बताए । 

उनले  प्रत्येक महिना अभिभावकसँग चियागफ कार्यक्रम सञ्चालन गर्दै अभिभावकको कुरा सुन्ने र गुणस्तरका बिषयमा छलफलका साथ बाल मैत्री बाताबरण निर्माण गर्दै आएको जानकारी दिए । खेलमैदान, बाल उद्यान, विभिन्न प्रकारका खेलौनाको सुविधा रहेको विद्यालयमा विद्यार्थीहरु चाडपर्वमा समेत घर नगई रमाउने गरेको पौडेलको भनाई छ । सुनौलो एक हजार दिन बालबालिकाको उमेर समूह महत्त्वपूर्ण हुन्छ त्यसले उनीहरुको मनोबैज्ञानलाई आत्म बल प्रदान गर्न विभिन्न कार्यक्रममा उच्च पदर्थ ब्यक्ति मन्त्री,सांसद, मेयर, वडाध्यक्षसँग बालबालिका राख्ने र उत्प्रेरणा दिने गरिएको छ । 

बालबालिकाको गुणस्तरीय शिक्षालाई प्रभाबकारी बनाउन शिक्षकलाई मन्टेश्वरी तालिम दिदै रचनात्मक बनाउने गरिएको छ । साथै यस बर्षबाट अभिभावकको माग बमोजिम यातायातको सुबिधाको ब्यबस्थापन गरिएको बिद्यालयले जनाएको छ ।