झापा।
झापाको बिर्तामोड २ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारीले पुष मसान्त २०८२ सम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । संस्थाले प्रकाशन गरेको वित्तिय विवरणमा वृद्धि गर्दै लगेको जनाइएको छ । संस्थाको मंसिर महिनामा १ अर्व ७० करोड ८२ लाख ९७ हजार ३ सय रुपैंयाँ रहेको सेयर पूँजी बृद्धिगरि १ अर्व ७१ करोड ३४ लाख ५ हजार ८ सय रुपैंयाँ पुर्याएको छ ।
त्यसैगरी संस्थाको जगेडा कोषमा १ अर्व ३२ करोड ६८ लाख ९४ हजार ४३७ रुपैंयाँ छ । संस्थाको मंसिर महिनाको बचतमा १४ अर्व ६० करोड ७३ लाख ४९ हजार १६ रुपैंयाँ रहेकोमा पुष महिनामा १४ अर्व ८८ करोड २५ लाख ६९ हजार १३२ रुपैंयाँ पुर्याएको हो । संस्थाले बाह्य ऋण शुन्यमा झारेको छ भने ऋणी सदस्य र ऋण लगानीमा समेत बृद्धि गरेको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिए ।
संस्थाको मंसिर महिनामा ६४ हजार ४३३ जना सदस्यलाई ११ अर्व ४७ करोड २४ लाख ४ हजार ६२४ रुपैंयाँ लगानी गरेको थियो भने पुष महिनाको अन्त्यसम्म ६४ हजार ४५० सदस्यलाई ११ अर्व ७२ लाख ३९ लाख ७३ हजार ५०२ रुपैंयाँ लगानी गरेको छ ।
संस्थाको विभिन्न कोषहरुमा ८० करोड ३१ लाख ३६ हजार १६१ रुपैंयाँ रहेको छ । त्यसैगरी संस्थाको कुल संस्थागत पूँजी १ अर्व ३७ करोड ३७ लाख ८३ हजार ६५७ रुपैंयाँ तथा १९ अर्व २२ करोड ७२लाख ३९ हजार ७२२ रुपैंयाँ कुल सम्पति रहेको संस्थाका निर्देशक दिनेश बहादुर निरौला तथा उप निर्देशक इश्वरप्रसाद भट्टराईद्धारा हस्ताक्षिरित बित्तिय विवरणमा उल्लेख छ ।
संस्थासंग असोज मसान्तसम्ममा तरलता २७.१७ प्रतिशत अर्थात ३ अर्व ९ करोड ३५ लाख ७६ हजार ९१३ रुपैंयाँ रहेको छ । संस्थाको कोशी प्रदेशका ६ वटा जिल्ला कार्यक्षेत्र रहेको छ ।


















