बिर्तामोड ।
बीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटलले अत्याधुनिक उपकरणसहितको ‘डर्मटोलोजी’ सेवा सञ्चालनमा ल्याएको छ । झापाको बिर्तामोडमा रहेको बीएण्डसी हस्पिटलले पूर्वमै पहिलो पटक अत्याधुनिक छाला सम्बन्धी समस्या समाधान गर्ने सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
अस्पतालले आज (बुधबार) पत्रकार सम्मेलनको आयोजना गरी छाला, कपाल, नङ र म्यूकोसल डिसअर्डस्लगायतका रोगहरु उपचार र रोकथाम गर्ने सेवा अत्याधुनिक उपकरणसहित सुचारु गरेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।
उक्त सेवा बिगत ६ महिनादेखि शुरु गरिएको भएपनि अत्याधुनिक उपकरणका साथमा एक महिना अघिदेखि सेवा दिदै आएको गिरीले बताए । गिरीका अनुसार उक्त सेवा बिमाबाट पनि गर्न सकिनेछ । हाल हस्पिटलमा दैनिक रुपमा १०० जना वढीलाई सो सेवा दिइरहेको गिरीको भनाई छ । ‘डर्मटोलोजी’ सेवा बीएण्डसी अस्पतालले छुट्टै भवनबाट दिइरहेको छ । सो सेवा डा. अनिल तिम्सिनासहितको टोलीले दिने गरेको बताइएको छ ।
गिरीका अनुसार उक्त सेवाका लागि भारत र नेपालका अन्य शहर जानु पर्ने बाध्यता हटेको बताउँदै गिरीले अव झापाको बिर्तामोडमै सेवा लिन सकिने बताए । ‘डर्मटोलोजी’ सेवाबाट त्यस्ता बिरामी उत्साहित भएका र नयाँ तथा अत्याधुनिक उपकरण ल्याएर सेवा दिन थालिएको अस्पतालले जनाएको छ ।


















