शनिश्चरे । 

झापाको अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले नगर अस्पतालको अनुगमन गरेका छन् । नगर प्रमुख गोम्देनले आज (आइतवार) शनिश्चरे नगर अस्पतालको अनुगमन गरेका हुन् । 

नगर प्रमुख गोम्देनले नगर अस्पतालले दिदै गरेको स्वास्थ्य सेवा र विरामीहरुसँग भेटघाट गरेका छन् । सोही क्रममा उनले नगर अस्पतालका डाक्टर तथा कर्मचारीसँग शनिश्चरे नगर अस्पतालका स्वास्थ्य सेवाका बिषयमा जानकारी लिएका थिए । 

उनले नगर अस्पतालमा उपचाररत बिरामीहरुको स्वास्थ्य अवस्था र सेवाका बिषयमासमेत जानकारी लिएका थिए । नगर प्रमुख गोम्देनले नगर अस्पतालको स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन अनुगमनका क्रममा सुझावसमेत दिएका छन् ।